१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कर्मचारी युनियनको स्थापना दिवसमा पत्रकार भण्डारी सम्मानित



बिर्तामोड-पत्रकार सुरेन्द्र भण्डारी सम्मानित भएका छन् । पूर्वाञ्चल दैनिकका सह सम्पादक समेत रहेका भण्डारीलाई नेपाल निजामती कर्मचारी युनियन झापाको स्थापना दिवसका अवसरमा मंगलवार सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि झापा कांग्रेसका सभापति देउकुमार थेवेले पत्रकार भण्डारीलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् । कार्यक्रममा मेची अभियानका संयोजक बिजय डालमियालाई पनि सम्मान गरिएको छ ।

नेपाल निजामती कर्मचारी युनियन झापाका पूर्व अध्यक्षहरु देवी घिमिरे, दिनानाथ लम्सालसहित १८ जनालाई पनि सम्मान गरिएको छि । त्यसमा दुई जना उत्कृष्ट कर्मचारी पनि छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार ००:००  ९ : ३६ बजे