बिर्तामोड-साउदी अरवमा दुई महिनाभित्र ४३ नेपाली कामदारले ज्यान गुमाएका छन् । विभिन्न कारणले उनीहरुको ज्यान गएको साउदी दूतावासले जनाएको छ ।
पछिल्लो दुई महिनामा ज्यान गुमाएकामध्ये ३३ जनाको शव नेपाल ल्याइएको छ । एकैदिन चार जनाको शव नेपाल ल्याइएको हो । साउदीवाट शव ल्याउने प्रक्रिया ज्यादै झन्झटिलो छ ।
अब छ जनाको शव ल्याउने प्रक्रिया चलिरहेको छ । एक महिनाको लामो प्रयासपछि मात्रै साउदीबाट नेपाली कामदारको शव नेपाल ल्याउन सकिन्छ ।