झापा-गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीमा आफ्नै पार्टीका नेता–कार्यकर्ता संलग्न भए पनि नछोड्ने बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा बिहीवार बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
पछिल्लो समय सुन तस्करी बढिरहेको र त्यसमा माओवादी पार्टीका नेताको नामसमेत चर्चामा रहेका वेला गृहमन्त्री श्रेष्ठको यस्तो धारणा आएको हो ।
बैठकमा उनले भने ‘निर्दोष नफसुन्, दोषी नउम्किउन् भन्ने मान्यताका आधारमा सरकारले अनुसन्धान गरिरहेको छ। चाहे हाम्रै पार्टीका नेता–कार्यकर्ता किन नहुन् दोषी पाइए कारबाही भोग्न तयार हुनुपर्छ ।’