१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेपाली बजारमा फेरि बढ्ने भयो प्याजको मूल्य



झापा– दशैँ सकिए लगत्तै नेपाली बजारमा प्याजको भाउ बढ्ने भएको छ । भारतमा प्याजको भाउ बढेकाले त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि पर्ने भएकाे हाे ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुँदै आएको प्याजको मूल्य ७० रुपैयाँ पुगेको छ । १५ दिनयता भारतीय बजारमा भाउ बढ्दै गएको हो ।

नेपाली बजार भारतीय प्याजमा निर्भर रहेकाले उता मूल्य बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पर्छ । नेपालमा खपत हुँदै आएको प्याजको ९० प्रतिशत हिस्सा भारतबाट आयात हुन्छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालले भारतबाट ३० हजार २७२ मेट्रिकटन प्याज आयात गरेको थियो । एक अर्ब नाै करोड ५८ लाख दुई हजार रुपैयाँ बराबरको प्याज नेपालले गतवर्ष भारतबाट किनेको हाे ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार ००:००  ४ : ५५ बजे