२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

झापाको बुधवारेमा मृत भेटियो पोथी हात्ती



बुधवारे– झापाको बुद्धशान्ति गाउँपालिका–३ मा एउटा हात्ती मृत फेला परेको छ । आदर्श सामुदायिक वनको हाताभित्र सोमवार बिहान एउटा पोथी हात्ती मृत फेला परेको हो ।

हात्ती मरेको भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यस विषयमा विज्ञको टोलीमार्फत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार ००:००  ८ : २० बजे