१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

बिर्तामोड चिल्ड्रेन हस्पिटलमा १६ सय बालबालिकाको उपचार



बिर्तामोड-झापाको बिर्तामोडमा रहेको बिर्तामोड चिल्ड्रेन हस्पिटलले स्थापनाको छोटो अवधिमा १६ सय भन्दाबढी बालबालिकाको उपचार गरेको छ । हस्पिटल एक वर्षअघि स्थापना भएको थियो ।

बुधवार पहिलो वार्षिकोत्सव मनाएको हस्पिटलले बालबालिकाको उपचारमा आधुनिक चिकित्सा उपकरण र दक्ष जनशक्ति उपलब्ध रहेको जनाएको छ । आधुनिक प्रयोगशाला जाँचको सुविधासहित हस्पिटलले स्वास्थ्य सेवा दिइरहेको हो ।

हस्पिटलकी निर्देशक डा. सुजता मैनालीले नमुना बाल अस्पतालको रुपमा विकास गर्ने दीर्घकालिन लक्ष्य राखेर सुरु गरेको सेवा प्रभावकारी र विश्वसनीय रहेको बताइन् । उनका अनुसार कतिपय विपन्न बालबालिकाले निशुल्क उपचार सेवा पाएका छन् ।

अस्पतालका प्रवन्ध निर्देशक बालरोग विशेषज्ञ डा. रुपक आचार्य बालमैत्री वातावरणमा हस्पिटलले सेवा दिइरहेको बताउँछन् । उनका अनुसार एक वर्षको अवधिमा एक हजार छ सय ३२ जना बालबालिकाले उपचार सुविधा पाएका छन् ।

हस्पिटलले गरेको ‘रेफर रेसियो’ ज्यादै न्यून रहेको डा. आचार्यले बताए । चिकित्सक संघ झापाका पूर्व अध्यक्ष ा पिताम्वर ठाकुर बिर्तामोडमा एउटा भरपर्दाे स्वास्थ्य प्रतिष्ठानका रुपमा खुलेको यो हस्पिटलबाट धेरै बालबालिकाले उपचार पाउने बताउँछन् ।

हस्पिटलकी अध्यक्ष लीला मैनालीको अध्यक्षतामा आयोजित प्रथम वार्षिकोत्सव कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता रोक्का, अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष लक्ष्मी न्यौपाने सरु, महिला दवाव समूहकी अध्यक्ष शारदा रिजाल, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार ००:००  १० : ३९ बजे