१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

असोजमा मात्रै ४ अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात



झापा– चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा नेपालबाट भारततर्फ उल्लेख्य रुपमा बिजुली निर्यात भएको छ । चालु वर्षको साउनदेखि असोज महिनासम्ममा नेपाल विद्युत प्राधिकरणले साढे ९ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली निर्यात गरेको हो ।

प्राधिकरणले गत आर्थिक वर्ष २०७९-८० को तुलनामा उल्लेख्यरुपमा भारततर्फ बिजुली निर्यात गरेको छ । चालु वर्षको असोज महिनामा मात्रै ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारततर्फ निर्यात गर्दै आएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार ००:००  ११ : १५ बजे