बिर्तामोड–जेनयुन एजुकेसन एण्ड भिसा सर्भिसेसले झापाका दुईसहित देशभरका पाँच स्थानमा एकदिने एजुकेसन फेयर आयोजना गर्ने भएको छ । विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई लक्षित गरेर सर्भिसेसले एजुकेसन फेयर आयोजना गरेको हो ।
उच्च शिक्षा अध्ययनका लागि ठूलो संख्यामा नेपाली विद्यार्थी विदेश जान गइरहेकाले उनीहरुको सहजताका लागि एजुकेसन फेयर आयोजना गरेको जेनयुन एजुकेसन एण्ड भिसा सर्भिसेसका निर्देशक लक्ष्मीकान्त खनालले बताए ।
भदौ २१ गते झापाको दमक, २२ गते इटहरी, २३ गते बिर्तामोड, २९ गते चितवन र असोज ४ गते काठमाडौँमा एजुकेसन फेयर राखिएको छ । जेनयुन एजुकेसन एण्ड भिसा सर्भिसेसले मुलत अष्ट्रेलिया जाने विद्यार्थीका लागि सहजीकरण गर्छ ।
विद्यार्थीले अध्ययन गर्न सक्ने विषयहरु, कलेज तथा विश्वविद्यालय, शिक्षण शुल्क, बसोबास, हावापानी, रहनसहन, परिवर्तित कानुन लगायतका विषयमा विद्यार्थीले जानकारी प्राप्त गर्ने निर्देशक खनालले बताए ।
अष्ट्रेलियाको मेलवर्नमा मुख्य कार्यालय रहेको जेनयुन एजुकेसन एण्ड भिसा सर्भिसेसका विभिन्न पाँच वटा सहरमा शाखा छन् । ती शाखामार्फत हालसम्म छ सय भन्दाबढी विद्यार्थी अष्ट्रेलिया गएका छन् ।