१४ मंसिर २०८०, बिहिबार | Fri Dec 1 2023

पूर्वाञ्चल दैनिक २९ औँ बर्षमा



बिर्तामोड-झापाको बिर्तामोडबाट प्रकाशित हुँदै आएको पूर्वाञ्चल दैनिक २९ औं बर्षमा प्रवेश गरेको छ । मोफसलमा पहिलो अफसेट प्रविधि भित्र्याएको पूर्वाञ्चल दैनिकले २८ औँ बर्ष पूरा गरेको हो ।

श्रीअन्तु प्रकाशन प्रालिद्वारा प्रकाशित पूर्वाञ्चल दैनिक ‘क’ श्रेणीमा वर्गीकृत समाचारपत्र हो । कोशी प्रदेशका विभिन्न जिल्लामा वितरण हुँदै आएको पूर्वाञ्चल अनलाइन पोर्टलमार्फत विश्वभर उपलब्ध छ ।

२९ औँ बर्ष प्रवेशको अवसरमा पूर्वाञ्चलले पाठक र विज्ञापनदाताप्रति धन्यवाद ज्ञापन गरेको छ । पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीले नेपाली छापा माध्यमको विकास र प्रवद्र्धनमा तीनै तहका सरकारको विशेष ध्यान जान जरुरी भएको बताए ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार ००:००  ५ : १८ बजे