१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कमल खोलामा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु



दमक-पूर्व पश्चिम राजमार्ग अन्तरगत झापाको कमल–३ स्थित कमल खोलाको पुलमा मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ ।

गएराति सवा ८ बजे पूर्वबाट पश्चिमतर्फ आइरहेको प्र १–०१–०१४ प ९६७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका ६५ वर्षीय कृष्णबहादुर गिरीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते गिरीको उपचारका क्रममा गएराति १० बजे वीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी र चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार ००:००  ९ : ११ बजे