१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झापाकाे चारआलीबाट ६१ बाेरा सुपारी बरामद



बिर्तामोड-झापाको चारआलीबाट वुधवार प्रहरीले ठूलो परिमाणमा सुपारी बरामद गरेको छ । प्रहरी चाैकी चारआलीबाट खटिएको प्रहरी टोलीले ६१ बाेरा सुपारी बरामद गरेको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को.१ च.८९६७ नम्बरको पिकअपमा उक्त सुपारी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा प्रहरीका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले गाडीमा दुई हजार आठ सय ५० किलाे सुपारी फेला परेको बताए । प्रहरीका अनुसार सुपारीको बजार मूल्य दश लाख भन्दामाथि छ ‌।

प्रहरीले पिकअपसहित सुपारी राजस्व अनुसन्धान विभागको इटहरीस्थित कार्यालयमा बुझाएको छ । पिकअपसँगै चालक मोरङ उर्लाबारी नगरपालिका-७ का १९ वर्षीय आकाश धिमाल पक्राउ परेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार ००:००  ६ : ०३ बजे