५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

खन्तीले हानेर झापाको पृथ्वीनगरमा साथीकाे हत्या



झापा : झापाको पृथ्वीनगरमा धारिलो हतियार खन्ती प्रहार गरी एक युवकको हत्या गरिएको छ । साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राईको हत्या गरिएको हो ।

सनमको हत्या उनकै साथी अन्दाजी २५ वर्षीय लोकबहादुर राईले गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना आज बिहान ५ बजेको हो ।

लोकबहादुर र सनम साथी हुन् । लोकबहादुर गएराति सनमको घरमा गएर सुतेका थिए । सुतिरहेको अवस्थामा खन्तीले सनमको टाउकोमा प्रहार गरी लोकबहादुरले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्या गरी लोकबहादुर घटनास्थलमै रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । हत्याको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार ००:००  ७ : २४ बजे