१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

कोसी प्रदेशमा नयाँ सरकार गठनका लागि आव्हान



माेरङ-काेसी प्रदेश प्रमुख परशुराम खापुङले आइतबार साँझ नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

नेपालको संविधानको धारा १७८ को उपधारा २ अन्तर्गत दुई वा दुईभन्दा बढी दलको नेतृत्वमा सरकार गठनका लागि प्रदेश प्रमुखले आव्हान गरेका हुन् ।

नयाँ सरकार गठनका लागि चार दिन अर्थात असार २१ गते अपराह्न ५ बजेसम्म समय तोकिएको छ ।

यसअघि मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको एमाले सरकार शुक्रबार प्रदेशसभामा बहुमत सिद्ध गर्न नसकेपछि कामचलाउ भएको थियो ।

देश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेपछि नेकपा एमाले नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र लगायतका दलहरु आफ्नै नेतृत्वमा सरकार बनाउने दौडधुपमा लागेका छन् ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार ००:००  ७ : ५६ बजे

</