५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

साहित्य चौतारीमा नारायण गोपाल साँझ, स्रष्टालाई दीर्घ साधना सम्मान



बिर्तामोड-साहित्य चौतारी झापाले आइतवार स्वर सम्राट नारायण गोपालको स्मृतिमा नारायण गोपाल साँझ आयोजना गरेको छ । चौतारीको रजत वर्ष महाअभियान अन्तरगत स्रष्टाहरुलाई सम्मानसहित नारायण गोपाल साँझ आयोजना गरेको हो ।

नारायण गोपाल साँझमा गायक तथा संगीतकार बलराम समालको एकल गायन प्रस्तुत भएको छ । कार्यक्रममा साहित्य चौतारीले स्ष्टा सर्जकलाई दीर्घ साधना सम्मान अर्पण गरेको छ ।

वरिष्ठ गीतकार जस योञ्जन प्यासी, गायक तथा संगीतकार दावा ग्याल्मो, प्राज्ञ कोमल निरौला, लोक गायक तथा संगीतकार देवी गौतम, साहित्यकार शिव अधिकारीलाई दीर्घ साधना सम्मान अर्पण गरिएको हो ।

साहित्य, संगीत र कलाको क्षेत्रमा निरन्तर साधना गरेका अग्रज स्रष्टारुलाई दीर्घ साधना सम्मान अर्पण गरिएको साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए ।

लोक सम्राट एलपी जोशीको प्रमुख आतिथ्य र चौतारीका संस्थापक सल्लाहकार जीवन अधिकारीको विशेष आतिथ्यमा नारायण गोपाल साँझ आयोजना गरिएको हो ।

साहित्य चौतारीले कार्यक्रममा वाद्यवादक भक्त नेपालीलाई पुरस्कार प्रदान गरेको छ । साहित्य चौतारीका अध्यक्ष हस्त परियारको अध्यक्षता र मासिक सांगीतिक काव्यसभाकी संयोजक सुनिता तामाङको सञ्चालनमा भएको कार्यक्रममा संगीत उपाध्यक्ष दीपक रायमाझीले स्वागत गरेका थिए ।

कार्यक्रममा स्रष्टा सर्जकलाई प्रमुख अतिथि जोशीसँगै संरक्षकद्वय श्रेष्ठ, उर्मिला विमली, साहित्य चौतारीका संस्थापक अध्यक्ष शिवशंकर थापा, पूर्व अध्यक्ष केशव आचार्य लगायतले दोसल्ला ओढाउँदै टोपी लगाइदिएर सम्मान गरेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार ००:००  ६ : ५९ बजे