बिर्तामोड-राष्ट्रिय सहकारी बैँकका अध्यक्ष केवी उप्रेतीले वित्तिय संकटको वर्तमान यो अवस्थामा कर्जा असुलीलाई प्राथमिकतामा राखेर अगाडि बढ्न सहकारी संस्थाहरुलाई आग्रह गरेका छन् ।
झापाको बिर्तामोडमा मंगलवार आयोजित अगुवा सहकारीकर्मीको भेलामा बैँकका अध्यक्ष उप्रेतीले समूह बनाएर असुली प्रक्रियामा सहभागी हुन र सदस्यको समस्या अनुरुप व्यवहार गर्न आग्रह गरेका हुन् ।
सहकारीमा अधिकतम् सुशासन पालनाका लागि आग्रह गर्दै अध्यक्ष उप्रेतीले सन्दर्भ व्याजदर समयानुकुल बनाइनु पर्नेमा जोड दिए । ‘स्वचालित व्याजदर हुनु पर्छ’, उनले भने, ‘हामी सन्दर्भ परिमार्जनका लागि लविङ गरिरहेका छौँ ।