१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ



भद्रपुर-चोरी मुद्दाका एक जना दोषीलाई झापा प्रहरीले सोमवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कनकाई नगरपालिका ५ चप्रामारीका अञ्जर आलम छन् ।

२१ वर्षीय आलमलाई झापा जिल्ला अदालतले गत बैशाखमा छ महिना कैद सजाय र पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । उनी फरार रहँदै आएका थिए ।

फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले आलमलाई समातेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनलाई अदालतको आदेश बमोजिम झापा कारागार चलान गरिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार ००:००  ९ : ५४ बजे