बिर्तामोड-झापाको बिर्तामोड–३ मा सञ्चालित लिङ्कन मन्टेश्वरीले शुक्रवार बालबालिकाका लागि आँखा जाँच शिविर आयोजना गरेको छ । आँखा पाक्ने रोग फैलिरहेका बेला मन्टेश्वरीले नानीबाबुका लागि शिविर आयोजना गरेको हो ।
आँखा शिविर सञ्चालनका लागि बिर्तामोड आँखा अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराएको मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले बताए । शिविरमा मन्टेश्वरीका बालबालिका, तिनका अभिभावक र स्थानीय गरी ८० जनाको आँखा परीक्षण गरिएको छ ।
शिविरमा औषधि समेत वितरण गरिएको बिर्तामोड आँखा अस्पतालकी नेत्र सहायक सञ्जु अर्यालले बताइन् । नेत्र सहायक अर्याल र दृष्टि विशेषज्ञ भावना गनगाईको टोलीले आँखा परीक्षण गरेको हो ।
नानी बाबुहरुको आँखामा हुने अन्य रोगहरुको पहिचान गरी उपचार गराउन समन्वय गर्ने उद्देश्यले आँखा शिविर सञ्चालन गरेको लिङ्कन मन्टेश्वरीका सञ्चालक पौडेलले जानकारी दिए ।
राधाकृष्ण कीर्तन मण्डलीकी अध्यक्ष पूजा काफ्लेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड आँखा अस्पतालका नेत्र अधिकृत बिनोद दाहालले आँखा पाक्ने रोग फैलिरहेकाले सर्तक रहन आग्रह गरेका छन् ।
कार्यक्रममा जिल्ला बाल सञ्जाल झापाका अध्यक्ष अभिषेक मिश्र, स्थानीय खिब अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका छन् ।