सैनिकबजार- बिर्तामोड नगरपालिका वडा नम्वर १० मा ‘नेतृत्व विकास र उदघोषण कला’ तालिम शुरु भएको छ । नारी सञ्चार गृह झापाको आयोजना र बिर्तामोड नगरपालिका वडा नम्वर १० को सहयोगमा वडाभित्रका दलित महिलालाई लक्षित तीन दिवसीय नेतृत्व विकास र उदघोषण कला तालिम शुरु भएको हो ।
तालिमको बिर्तामोड नगरपालिका वडा नम्वर १० वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दुर्योधन गुरुङले उद्घाटन गरेका थिए । वडा सदस्य दीपिका शिवाले महिलाहरूले सधैँ घर परिवार, सन्तानको रेखदेख तथा अन्य व्यवहारिक काममा समय खर्च गर्ने तर आफ्नो क्षमता बिकासका लागि कहिले पनि नसोच्ने गरेका कारण समस्या भएको बताउँदै पारिवारिक जिम्मेवारीका साथै आफ्नो क्षमता र दक्षता अभिवृद्धिका लागि समय छुट्याउन सहभागीलाई आग्रह गरिन ।
नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य पृथ्वीबहादुर बस्नेत लगायतको आतिथ्यता रहेको तालिममा २६ जना महिलाको सहभागिता रहेको छ ।
नारी सञ्चार गृहकी सचिव मायामितु न्यौपानेले सञ्चालन गरेको तालिममा स्वागत तथा औचित्यमाथि जोसना श्रेष्ठले प्रकाश पारेको पहिलो दिनको तालिमको सहजीकरण नारी सञ्चार गृह झापाकी निर्वतमान अध्यक्ष भीमा शिवाकोटीले गरेको तालिम आयोजक संस्थाकी सदस्य सञ्जु शिवाकोटीले जानकारी दिइन ।