१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

जनमत पार्टी सरकारमा सहभागी हुँदै : अनितादेवी नयाँ मन्त्री



झापा– सत्ता गठबन्धनमा सहभागी हुन लागेको जनमत पार्टीले अनिता देवीलाई मन्त्री बनाउने भएको छ । अनितालाई सोमबार पद तथा गोपनियताको सपथ गराउने तयारी छ ।

जनमत पार्टीलाई सरकारमा सहभागी गराउन नेकपा-माओवादी केन्द्रले आफ्ना नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएको थियो ।

यद्यपि, जनमत पार्टीले कुन मन्त्रालय पाउँछ भन्ने विषयमा सत्ता गठबन्धनभित्र टुंगो लाग्न बाँकी छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार ००:००  ७ : ११ बजे