७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

बिर्तामोड नगरपालिकाद्वारा साविकको कर कायम



झापा-बिर्तामोड नगरपालिकाले साविक बमोजिम नगरवासीसँग कर लिने निर्णय गरेको छ । बिहीवार बिहान बसेको कार्यपालिका बैठकले साविक बमोजिम कर लिने निर्णय गरेको हो ।

यसअघि नेपाली कांग्रेससहितका दलहरुले कर वृद्धि गरिएको भन्दै यसलाई सच्याउन अल्टिमेटम दिएका थिए । दलहरुले दिएको अल्टिमेटम सकिनु अगाडि नगरपालिकाले आफ्नो निर्णय पुनरावलोकन गरेको हो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले जनताप्रति जवाफदेही हुँदै साविक बमोजिम सम्पत्ति कर लिइने बताइन् ।

करदाताबाट उठेका गुनासा, जनताको आर्थिक अवस्था, बजारको प्रतिकूलता लगायतका कारण चालु आर्थिक वर्षमा हेरफेर गरिएको सम्पत्ति कर साविक बमोजिम कायम गरिएको नगर प्रमुख प्रसाईले बताइन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार ००:००  ११ : ५० बजे