झापा-कोसी पुलमा कार छोडेर बेपत्ता भएका मोरङ उर्लाबारी मंगलबारेस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा. प्रज्ज्वल कोइराला अझै फेला पर्न सकेका छैनन्।
कोसी पुलको पश्चिम उदयुर जिल्लातर्फ १–०२–००२ च ४१६६ नम्बरको कार छाडेर बेपत्ता भएका झापा दमक नगरपालिका–१ घर भएका ३२ वर्षीय सर्जन चिकित्सक अझै फेला पर्न नसकेका हुन् ।
कोसी पुलमा सोमबार बिहान बेवारिसे कार देखिपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उक्त कारबाट मोबाइल र जुत्ता बरामद गरेको छ ।
उदयपुरका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालका अनुसार गोताखोरको टोली प्रयोग गरी उनको खोजी भइरहेको छ ।
प्रहरीका अनुसार डाक्टर कोइराला आफैँले कार चलाएर आइतबार बिहान २ बजे पुलमा आएको सिसिटिभी फुटेजमा देखिएको छ।
उर्लाबारी इप्रकाका इन्स्पेन्टर देवेन्द्र दासका अनुसार डा. कोइराला मदन भण्डारी ट्रमा सेन्टरमा सर्जनका रूपमा भर्खर ११ दिन अघिदेखि मात्रै नियुक्त भएका थिए।
सशस्त्र प्रहरीको गोताखोर टोली र इप्रका रामपुरबाट वरिष्ठ प्रहरी सहायक निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले डाक्टर कोइरालाको खोजी गरिरहेको छ ।