१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

दशैँमा दर्शनार्थीको भीड : २५ हजारले गरे पाथिभरामा पूजा अर्चना



झापा-दशैँ अवधिमा ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथिभरामा २५ हजार भन्दाबढी दर्शनार्थी पुगेका छन् । नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्ममा ती दर्शनार्थीले पाथिभरा मन्दिरमा पुगेर पूजा अर्चना गरेका हुन् ।

२५ हजार ६ सय ३८ जना भक्तजनले पाथिभरा मन्दिरमा पुगेर पूजापाठ गरेको पाथिभरा क्षेत्र विकास समितिले जनाएको छ । दशैँको समय पाथिभरामा पूजापाठका लागि अति उत्तम मानिन्छ ।

कोजाग्रत पूर्णिमाको दिन पाथिभरामा चार हजार तीन सय २२ जनाले दर्शन गरेको समितिका कर्मचारी राजेन्द्र महतले बताए । उनका अनुसार भारतको सिक्किम र दार्जिलिङ बाट पनि भक्तजन पाथिभराको दर्शनका लागि आएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार ००:००  ६ : ०९ बजे