७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

बिर्तामोडको बुट्टावारी चिया बगानबाट ब्राउन सुगरसहित तीन जना पक्राउ



बिर्तामोड-झापाको बिर्तामोडस्थित बुट्टावारी चिया बगान क्षेत्रबाट लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गिरी बन्धु टी स्टेटको चिया बगानबाट बिहीवार साँझ उनीहरु समातिएका हुन् ।

पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–४ बस्ने ३० वर्षीय सशुील तामाङ, सुनसरी इटहरी उपमहानगरपालिका–१७ बालग्राम बस्ने २६ वर्षीय भुवन गिरी र झापा अर्जुनधारा–११ का ४० वर्षीय विनोद प्रधान छन् ।

खान तलासीका क्रममा उनीहरुका साथमा तामाङ र गिरीको साथमा ब्राउन सुगर दुई सय मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । उनीहरु दुई जनाको बयानका आधारमा प्रहरीले प्रधानलाई पनि समातेको हो ।

प्रधानले ब्राउन सुगर बेचेको बयान दिएपछि प्रहरीले उनको घरमा खानतलासी गर्दा थप एक ग्राम सात सय मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार ००:००  ९ : ०३ बजे