१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

गठबन्धन भत्काउने एमाले रणनीति



काठमाडौँ- कोशीमा सत्तारूढ गठबन्धन भत्काउन सफल भएपछि प्रमुख विपक्षी दल एमाले केन्द्र र अन्य प्रदेश सबैतिर नयाँ गठबन्धनको पक्षमा उभिएको छ ।

सबैभन्दा ठूलो दल कांग्रेससँग केन्द्रदेखि अन्य प्रदेशमा सत्ता–सहकार्यका विभिन्न विकल्पमा संवाद गर्ने एमालेको प्रस्ताव छ ।

एमालेले स्थिरता, अराजकताको अन्त्य, सांस्कृतिक मूल्य–मान्यताको रक्षा, महँगी र भ्रष्टाचार नियन्त्रणका लागि हात अगाडि बढाइसकेकाले सहकार्य कांग्रेसको निर्णयमा निर्भर खबर नयाँ पत्रिकाले छापेको छ ।

कांग्रेसको संस्थापन पक्ष तयार नभए पनि डा. शेखर कोइराला नेतृत्वको कांग्रेसको विद्रोही पक्षलाई साथ दिने एमालेको नीति छ ।

कोइराला पक्ष पनि एमालेसँगको सहकार्यलाई निरन्तरता दिन तयार भएपछि दुई पक्षको सहमतिमा आइतबार नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गरेका छन् ।

सपथ लिनुअघि मुख्यमन्त्री कार्की एमाले अध्यक्ष केपी ओलीलाई भेटेर काठमाडौंबाट विराटनगर फर्किएका थिए । जब कि, कोइरालाले शनिबार प्रधानमन्त्री र कांग्रेस सभापतिसँग अहिलेकै गठबन्धनलाई निरन्तरता दिने सहमति गरेका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार ००:००  ८ : २१ बजे