झापा-गोरखामा प्रहरीले एउटा अनौठो ढुंगा बरामद गरेको छ । सदरमुकामस्थित एक घरमा भेटिएको टल्कने ढुंगा बहुमूल्य ‘क्वार्ज क्रिस्टल’ भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रहरी कार्यालयमा राखिएको उक्त ढुंगा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले समेत अवलोकन गरिसकेका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाको स्टोरमा कडा सुरक्षा निगरानीबीच सेतो रङको पारदर्शी ढुंगा २७ दिनदेखि राखिएको छ ।
गोरखा नगरपालिका ७, सतिपिपलस्थित चन्द्रमान शाहीको घरबाट प्रहरीले यो ढुंगा असार १४ गते ल्याएको हो ।
किनबेच गर्ने उद्देश्यले केही व्यक्ति गोरखा आएको सूचनाका आधारमा ५४ केजी तौलको ढुंगा बरामद गरिएको गोरखाका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले बताए ।