११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

बीरता लेडी जेसीजको अध्यक्षमा मेनुका निर्वाचित



बिर्तामोड-बीरता लेडी जेसीजको अध्यक्षमा मेनुका ओली निर्वाचित भएकी छन् । बिहीवार भएको निर्वाचनमा प्रत्यासी युनिता दवाडीलाई हराउँदै मेनुका अध्यक्षमा निर्वाचित भएकी हुन् ।

सन् २०२४ का लागि निर्वाचित मेनुका यसअघि कार्यकारिणी उपाध्यक्ष थिइन् । यसपटक नेतृत्वदायी भूमिकामा अबको ११ महिना बीरता लेडी जेसीजलाई हाँक्ने जिम्मेवारी मेनुकाको काँधमा छ ।

बुटबलमा पुस पहिलो साता सम्पन्न नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशनमा मास्टर अफ टटबाट दीक्षित मेनुका कुशल प्रशिक्षकका रुपमा पनि परिचित छन् ।

सहमतिय आधारमा नेतृत्व चयन गर्ने पटक–पटकको प्रयास सफल हुन नसकेपछि बिहीवार निर्वाचन भएको हो । मत परिणाम सार्वजनिक भएपछि अध्यक्षकी प्रत्यासी दवाडीले आफ्नो स्टोरीमा मेनुकासँगको फोटो शेयर गर्दै बधाई दिएकी छन् ।

कार्यकारिणी उपाध्यक्षमा निशा शाक्य र दीपा सिवाकोटी निर्वाचित भएका छन् । शाक्य यसअघि महासचिव थिइन् । लेडी जेसीजभित्र शाक्यले एकपछि अर्काे जिम्मेवारीमा आफूलाई अभ्यस्त गराउँदै लगेकी हुन् ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार ००:००  ८ : ११ बजे