१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

जैविक विविधता संरक्षणमा सहकार्य गर्न भद्रपुर नगरपालिका तयार



  

भद्रपुर–जलथल जंगलको जैविक विविधता कार्यक्रम अन्तर्गत प्रांगारिक मल उत्पादन र बेसार खेतीका लागि भद्रपुर नगरपालिकाले सहकार्य गर्ने भएको छ । भद्रपुर नगर क्षेत्रभित्र रहेका सामुदायिक वन उपभोक्ता समितिहरुसँग नगरपालिकाले सहकार्य गर्न लागेको हो ।

वनको दीगो पुनस्र्थापना र जैविक विविधता संरक्षणका लागि नगरपालिकाले सहकार्य गर्न लागेको नगर प्रमुख गणेश पोखरेलले बताए । भद्रपुर नगरपालिकाभित्र विभिन्न सात वटा सामुदायिक वन रहेका छन् ।

दशरथपुर, दियालो, बिशाल, कमलधाप, मायालु, कालीमन्दिर र चन्द्रगढी सामुदायिक वनले करिव साढे ११ हेक्टर क्षेत्रफल ओगटेका छन् ।

फरेष्टएक्सन नेपालको सहयोगमा विगत चार वर्षदेखि जलथल जंगलमा जैविक विविधता व्यवस्थापन कार्यक्रम सञ्चालित छ । त्यस कार्यक्रमअन्तर्गत वन समितिहरुले मिचाहा प्रजाति नष्ट गरी त्यसबाट प्रांगारिक मल उत्पादन गर्दै आएका छन् ।

बायो प्रोडक्टको रुपमा रहेको प्रांगारिक मल उत्पादनले स्थानीय उपभोक्तालाई रोजगार मिल्नुका साथै आयआर्जनमा टेवा पुगेको छ । नगर प्रमुख पोखरेलले वनको दीगो पुनस्र्थापना र जैविक विविधता संरक्षणका लागि नगरपालिकाले कार्ययोजना बनाएर अघि बढ्ने बताए ।

मसलाजन्य खेतीका लागि छुट्याएको बजेटबाट बेसार खेतीलाई सहयोग गर्न सकिने नगर प्रमुख पोखरेलले बताए । बिशाल, दियालो र दशरथपुर वनले बेसार खेती लगाएका छन् ।

कार्यक्रममा फरेष्ट एक्सन नेपालका लीलानाथ शर्माले वनको जैविक विविधता संरक्षणमा भइरहेको प्रयासका बारेमा जानकारी दिँदै स्थानीय सरकारको सहकार्य आबश्यक भएको बताएका थिए ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार ००:००  ७ : २२ बजे