१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

प्रधानसेनापति शर्मा आज चीन भ्रमणमा जाँदै



काठमाडौँ-प्रधानसेनापति प्रभुराम शर्मा आज चीन भ्रमणमा जाँदै छन् । चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा प्रधानसेनापति शर्मा चीन जान लागेका हुन् ।

प्रधानसेनापति शर्मा आज चीन गएर १६ गते स्वदेश फर्किनेछन् । चीनमा रहेका बेला उनले सैनिक सहायता, सैन्य तालिमलगायत विषयमा छलफल गर्ने छन् ।

नेपाली शान्ति मिसनका लागि हतियारलगायत मिसनलाई आवश्यक पर्ने सैन्य सामग्रीहरू चीनबाट खरिद गर्ने नेपाली सेनाले तयारी गरेको थियो ।

विभिन्न कारणले उक्त खरिद प्रक्रिया अगाडि बढेको छैन् । प्रधानसेनापतिको चीन भ्रमणका बेला सो विषयमा समेत छलफल हुने स्रोतले बताएको छ ।

कात्तिक २ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको चीन भ्रमण स्वीकृत गरेको थियो ।

उनको चीनको बेइजिङमा कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दसौं बेइजिङ स्याङ्गसन फोरमको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ । प्रधानसेनापति शर्माले यसअघि बेलायत भ्रमण गरेका थिए ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार ००:००  ८ : ३६ बजे