१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

‘अप्रमाणित अभियोगमा रिजाललाई थुनामा राख्नु अन्याय’



झापा- भुटानी शरणार्थी नेता टेकनाथ रिजालकी श्रीमती कौशिला रिजालले आफ्ना श्रीमान्‌लाई अप्रमाणित अभियोगसहित थुनामा राखिएको बताएकी छन् ।

नक्कली शरणार्थी प्रकरणमा हाल पुर्पक्षका लागि थुनामा रहेका टेकनाथकी श्रीमती कौशिलाले विज्ञप्ति जारी गर्दै रिजाललाई थुनामा राख्नु अन्यायपूर्ण भएको बताएकी हुन् ।

‘झन्डै ३० वर्षयता शरणागत भएर नेपाल भूमिमा बस्दै आएको र शरणार्थी हकहितका निम्ति राष्ट्रिय अन्तर्राष्ट्रिय तहमा आवाज उठाउँदै आएका नेता रिजालको अभियानलाई निस्तेज गराउन लामो समयदेखि चलखेल जारी रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आज आएर नक्कली शरणार्थीको गिरोहलाई जोडेर नेता रिजालमाथि अप्रमाणित र अवाञ्छित अभियोगसहित पुर्पक्ष थुनामा राखिएको प्रसङ्ग आफैंमा अन्यायपूर्ण देखिन्छ ।’

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार ००:००  ९ : २८ बजे