२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

बुद्धशान्ति र शिवसताक्षीमा भाेलि सार्वजनिक बिदा



बिर्तामोड-झापाको बुद्धशान्ति गाउँपालिकाले सोमबार स्थानीय बिदा दिने निर्णय गरेको छ । वडा कार्यालय, आकस्मिक बाहेक स्वास्थ्य संस्था र शिक्षण संस्थामा बिदा दिइएको हो ।

बाला चतुर्दशी पर्वको अवसरमा गाउँपालिकाले साेमबार स्थानीय बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बिनाेद पाेखरेलले बताए ।

मंसिर १९ गते बसेको कार्य पालिका बैठकले बाला चतुर्दशी पर्वकाे अवसरमा बिदा दिने निर्णय गरेको थियो । यसैगरी झापाको शिवसताक्षी नगरपालिकाले पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बाह्रदशी गाउँपालिकाले पनि सार्वजनिक बिदा दिएको उपाध्यक्ष शान्तादेवी सिवाकोटीले बताएकी छन् ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार ००:००  २ : ३४ बजे