१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बुवाआमाको सम्झनामा ओलीले प्रकाशन गरे कृति



बिर्तामोड- शिक्षासेवी मोहनप्रसाद ओलीले संस्मरण कृति प्रकाशित गरेका छन् । ‘हाम्रा अनुभूतिहरु’ नामक संस्मरण कृतिको शनिवार बिर्तामोडमा सामूहिक लोकार्पण गरिएको छ ।

आफ्ना बुवाआमाले निर्वाह गरेका उल्लेखनीय भूमिकालाई मार्गदर्शनका रूपमा उजागर गर्दै विगतका कुराहरूलाई ताजा बनाइ राख्न कृति प्रकाशित गरिएको ओलीले बताए ।

१३६ पृष्ठको सो कृतिमा मोहन ओलीका हजुरबुवाका बुवा लप्टन रामचन्द्र ओली, हजुरबुवा लप्टन हरिप्रसाद ओली, बुवा विनोदकुमार ओली, आमाहरु भद्रशीला ओली र खीनाकुमारी ओलीलाई मुख्य पात्रको रुपमा चित्रित गरिएको छ ।

उनीहरुको जीवनी, योगदान र भोगाईलाई कृतिमा उतारिएको छ । ओली वंश समन्वय समितिका संरक्षक सरोजकुमार ओलीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार ००:००  ८ : ३९ बजे