१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

राष्ट्रपति दिनुपर्ने एमाले अध्यक्ष ओलीको प्रस्ताव प्रचण्डद्वारा अस्वीकार



काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा एमाले र माओवादीबीच भएको सहमति पालना नगर्ने संकेत गरेका छन् ।

बिहीबार बिहान बालुवाटारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहमति अनुसार एमालेले राष्ट्रपति पाउनुपर्ने अडान राखे पनि प्रचण्डले त्यसलाई अस्वीकार गरेका हुन् ।

कांग्रेसलाई समेत लिएर राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने प्रचण्डको अडानपछि एमाले अध्यक्ष ओली सशंकित बनेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार ००:००  १२ : ४४ बजे