१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बिर्तामोडको पश्चिम स्टेण्ड दक्षिणमा खुल्यो ‘हाम्रो बजार’



बिर्तामोड-झापाको बिर्तामोडस्थित पश्चिम बस स्टेण्ड दक्षिणमा ‘हाम्रो बजार’ खुलेको छ । बुधवारे हटियाबाट विस्थापित भएका व्यवसायी हाम्रो बजारमा स्थापित भएका छन् ।

घटस्थापनाको अवसर पारेर आइतवार बजारको उद्घाटन गरिएको छ । शान्ता शिवाकोटी, पवित्रा खड्का र सरिता खत्रीको स्वामित्वमा रहेको पौने तीन कठ्ठा जग्गामा बजारको संरचना निर्माण गरिएको हो ।

जग्गाधनी साझेदार तीन महिलासहित बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले सामूहिक रुपमा बजार उद्घाटन गरेका छन् । मासिक दुई हजार भाडा तिर्ने शर्तमा हाम्रो बजारमा व्यवसायीले सटर पाएका हुन् ।

विस्थापित भएका व्यवसायीलाई थप पलायन हुनबाट रोक्न बजार निर्माण गरी व्यवसाय गर्ने वातावरण मिलाइएको संघका वरिष्ठ उपाध्यक्ष न्यौपानेले बताए । हाम्रो बजारमा ४६ जना व्यवसायी बसेका छन् ।

प्रति व्यवसायी एकलाख रुपैयाँ धरौटी लिएर बजार निर्माण गरिएको हो । उनीहरुलाई पाँच वर्षका लागि उक्त स्थान उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार ००:००  ८ : १८ बजे