८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

खोटाङका किसानले बेचे ३७ करोडको सुन्तला



खोटाङ-पूर्वी पहाडी जिल्ला खोटाङमा ३७ करोड भन्दा बढीको सुन्तला उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र खोटाङले यो वर्ष ३७ करोड ३५ लाख मूल्य बराबरको जनाएको हो ।

सुन्तला खेतीप्रति स्थानीय किसानको आकर्षण बढेपछि उत्पादनमा पनि वृद्धि भएको कृषि ज्ञान केन्द्रका प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए ।

ज्ञान केन्द्रका अनुसार सात सय ४२ हेक्टरमा यो वर्ष तीन हजार सात सय ३५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ‌।

ग्रामीण क्षेत्रसम्म यातायातको पहुँच पुगेपछि किसानले उत्पादन गरेको सुन्तलाले बजार भाउ पाएको हो । खोटाङमा उत्पादित सुन्तला अहिले पूर्वी तराईका जिल्लामा बिक्री भइरहेको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार ००:००  ७ : ५० बजे