१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बोलेरोको ठक्करबाट शिक्षक र लेखापालको मृत्यु



झापा–चितवनको माडीमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । शनिवार साँझ भएको घटनामा उनीहरु घाइते भएका थिए ।

माडी नगरपालिका–१, बरुवास्थित चिताई खोलाको पुलमा लु२च २५०८ नम्बरको बोलेरोले वाग्मती प्रदेश०६००१प ४०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बोलेरोको ठक्करबाट मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको छ ।

अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते भएका छन् । तीनै जना माडीको सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत छन् ।

स्याङ्जा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपक रिजालले जानकारी दिए ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार ००:००  ८ : २२ बजे