१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

ग्यास सिलिन्डर विस्फोट हुँदा मगरको मृत्यु



झापा-ग्यास सिलिन्डर पड्किएर बाराको निजगढमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा निजगढ नगरपालिका ५ का ४५ वर्षीय रेशम मगर रहेका छन् ।

दिउँसो १२ बजे निजगढ नगरपालिका-७ मा सञ्चालनमा रहेको रोहित वर्कशपमा ग्यास सिलिन्डर विस्फोट भएको हो ।विस्फोटबाट मगर घाइते भएका थिए ।

वयाेदा अस्पताल बीरगञ्ज पर्सामा उपचारका क्रममा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

घटनामा अरु पाँचजना घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार ००:००  ९ : ५६ बजे