१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

इलामको कोल्वुङमा कार दुर्घटना, पाँच जनाको अवस्था गम्भीर



बिर्तामोड-इलामको कोल्बुङस्थित मेची राजमार्गमा सोमवार साँझ एउटा कार दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन् । इलामबाट झापातर्फ आउँदै गरेको वा १६९२ नम्वरको कार दुर्घटना भएको हो ।

तीव्र गतिमा रहेको कार अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । इलामका डीएसपी प्रकाश जवेगुले घटनाको पुष्टि गर्दै कार सडकबाट तीन सय मिटर तल झरेको बताए ।

घटनामा झापा शिवशताक्षी ११ दुधेका मनोज राई, बिराटनगरका सचिन पोखरेल, राजकुमार पौडेल, अर्जुन महरा गम्भीर घाइते भएका छन् । कार पोखरेलले हाँकेका थिए । घाइते एक जनाको नाम खुल्न बाँकी छ ।

प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले उनीहरुको उद्धार गरेको छ । घाइते सबैलाई बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको डीएसपी जवेगुले बताए । प्रहरीका अनुसार घाइते सबैको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार ००:००  ८ : १३ बजे