काठमाडौँ– सुन तस्करी प्रकरणमा नाम जोडिएपछि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनलाई कपिलवस्तुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी महानिरीक्षक वसन्त कुँवरले पक्राउ परेका महरालाई कपिलवस्तुबाट काठमाडौँ ल्याउने तयारी भइरहेको जनाएका छन् । सुन तस्करी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई कारबाही गर्न सिफारिस गरेको थियो ।
आयोको सिफारिस अनुसार गृह मन्त्रालयले महरामाथिको प्रारम्भिक कारबाही प्रक्रिया अगाडि बढाएको हो । यसअघि आयोगले महरासँग बयान समेत लिएको थियो ।
महराका छोरा राहुल भने सुन तस्करी प्रकरणमा पूर्पक्षका लागि थुनामा छन् । गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा संलग्न कसैलाई नछोडिने बताएका थिए ।