दमक-सम्पत्ति शुद्धिकरण मुद्दामा नेकपा माओवादी झापाका नेता रेवतराज पुरी गगन दोषी ठहरिएका छन् । विशेष अदालतले गगन र उनकी श्रीमती सीमालाई सम्पत्ति शुद्धिकरण ऐन अनुसार दोषी ठहर गरेको हो ।
पुरी दम्पतिका नाममा ४ करोड ३ लाख ३४ हजार ८९४ रुपैयाँ अवैध सम्पत्ति भेटिएकाले दुवैजना सम्पत्ति शुद्धिकरण अनुसार दोषी ठहर भएको विशेष अदालतले जनाएको छ ।
अदालतले सजाय निर्धारणका लागि आगामी फागुन ६ गते पेशी निर्धारण गरेको छ। झापाको बालुवाटार काण्ड भनेर चिनिने दमक १३ मा सरकारी जग्गा अतिक्रमण गरेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धिकरण विभागले ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।