१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झापाका तीन लाख बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइँदै



बिर्तामोड- झापामा तीन लाख भन्दाबढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ । दादुरा–रुबेला खोप अभियान अन्तरगत फागुन १७ गतेदेखि चैत ४ गतेसम्म खोप लगाउने तयारी भएको हो ।

नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय झापाले जनाएको छ । निमित्त प्रमुख रमेश बाराकोटीले झापामा खोप लगाउने दर उच्च भए पनि दादुरा–रुबेलाको जोखिम कायमै रहेको बताए ।

झापामा स्वास्थ्य संस्थाबाहेक नौ सय ४७ खोप केन्द्र निधारण गरिएको छ । विश्व स्वास्थ्य संगठनकी मेडिकल अफिसर डाक्टर संगीता शाहले ज्वरो आएको बेलामा खोप लगाउने नमिल्ने बताइन् ।

झापामा सन् २०२४ को जनवरीमा आठ जना बालबालिकामा दादुराको संक्रमण देखिएको थियो । झापा गाउँपालिकामा छ जना, बिर्तामोड र दमक नगरपालिकामा एक÷एक जनामा संक्रमण देखिएको हो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार ००:००  ३ : ३९ बजे