बिर्तामोड– डेंगु संक्रमणबाट झापाको बिर्तामोडमा बिहीवार बिहान एकजना महिलाको मृत्यु भएको छ । स्वास्थ्यकर्मीका अनुसार मृत्यु हुनेमा बिर्तामोड–५ की ४४ वर्षीया मदिना खातुन रहेकी छन् ।
संक्रमण पुष्टि भएको भोलिपल्ट खातुनको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार पाँच दिनमा १२ जनामा डेंगुको संक्रमण देखिएको छ ।
साउन १ देखि ५ गतेसम्म चार महिला र आठ पुरुषमा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका बरिष्ठ तथ्याङ्क अधिकृत चुडामणि लुइटेलले बताए ।