१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बिर्तामोड उद्योग वाणिज्य सङ्घको निर्वाचनमा ४ हजार ९४ मत खस्यो



बिर्तामोड- बिर्तामोड उद्योग वाणिज्य सङ्घको निर्वाचनमा ४ हजार ९४ मत खसेको छ । कुल मतदाता सङ्ख्याको करिब ७१% मत खसेको हो ।

स्वतन्त्र व्यावसायिक प्यानलका अध्यक्षका उम्मेदवार अर्जुनकुमार मैनालीले ४ हजार ९४ मत खसेको र राति १० बजेपछि मतगणना कार्य सुरु हुने जानकारी दिए ।

आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न आज बिहान ८ बजेबाट मतदान सुरु भएको थियो । संघमा ५,६७३ मतदाता रहेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार ००:००  ७ : ४२ बजे