१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

वडा समिति बैठकमा भाग लिन रुकुम पुगे प्रधानमन्त्री



झापा-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीवार नेकपा माओवादी केन्द्रको वडा कमिटी बैठकमा भाग लिन रुकुम पश्चिम पुगेका छन् ।

सरकारी निकायका उच्च पदस्थ अधिकारी र सुरक्षा निकायको जम्वो टोली लिएर उनी तामझामका साथ वडा कमिटी बैठकमा भाग लिन गएका हुन् ।

पार्टीको तीन महिने विशेष रुपान्तरण अभियानअन्तर्गत रुकुम पश्चिमको बाफीकोट गाउँपालिका वडा नम्बर ६ र ७ को वडा कमिटी बैठकमा प्रधानमन्त्री दाहालले सम्वोधन गरेका छन् । उनले सुशासन आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै भ्रष्टाचारका अरु ठूला फाइल खोलिने बताए ।

अहिलेसम्म खोलिएका फाइलको वस्तुनिष्ठ छानविन र अध्ययनमा सरकार अड्किएको आम नागरिकको असन्तुष्टिका बीच पुन प्रधानमन्त्री दाहालले थप फाइल खोल्ने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले भ्रष्टाचारका अरु फाइल खोल्ने विषयमा जनताको साथ र समर्थन खोजिरहेको भन्दै जनस्तरको सहयोग विना सरकारले केही गर्न नसक्ने बताए । उनले वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने जिकिर गरे ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार ००:००  ८ : ०६ बजे