१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

बिर्तामोडका कुकुरलाई रेविजको खोप



बिर्तामोड– बिर्तामोड नगरपालिकाले रेविज विरुद्धको खोप लगाउन सुरु गरेको छ । शुक्रवार १० नम्वर वडाबाट रेविज खोप कार्यक्रम सुरु भएको हो । रेविज खोप कार्यक्रम सात दिनसम्म चल्ने बिर्तामोड नगरपालिकाका अधिकृत मेघराज बाँस्तोलाले बताए ।

नगरका पशुपंक्षी तथा मत्स्य विकास शाखाका अधिकृत राजेश अधिकारीका अनुसार सडक सामुदायिक तथा घरपालुवा कुकुर र विरालोलाई एक सातासम्म रेविज विरुद्वको खोप लगाइने छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार ००:००  ९ : ४९ बजे