१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

दुई महिनामा ३४ अर्ब ९४ करोडको पेट्रोलियम पदार्थ आयात



झापा-चालु आर्थिक वर्षको दुई महिनामा नेपालले भारतबाट ३४ अर्ब ९३ करोड ९९ लाख ८३ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ । यो आयात नेपालले गरेको कूल निर्यातको तुलनामा साढे आठ अर्व रुपैयाँले बढी हो ।

चालु आर्थिक वर्षको साउन–भदौमा नेपालले कूल २६ अर्ब ४४ करोड ७० लाख ३३ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको छ । निर्यात भन्दाबढी पेट्रोलियम पदार्थ आयात भएको भन्सार विभागको तथ्याङले देखाएको हो ।

नेपालले दुई महिनामा पेट्रोल, डिजेल, हवाई इन्धन र एलपीजी ग्यासबाट १४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । विभागको तथ्याङ्क अनुसार साउन र भदौमा १४ अर्ब एक करोड ९८ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार ००:००  १० : २० बजे