८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

कोशी प्रदेशमा नयाँ सरकारको कसरत : राजीनामा दिने मुडमा छैनन् मुख्यमन्त्री



विराटनगर-केन्द्रमा सत्ता समीकरणमा भएको फेरबदलपछि प्रादेशिक तहमा पनि सरकार परिवर्तनका लागि दबाब सुरु भएको छ । पटक-पटक अस्थिर राजनीतिक अभ्यास गरेको कोशी प्रदेश पनि सरकार परिवर्तनको चपेटामा पर्ने देखिएको हो ।

केन्द्रमा दलहरूबीच नयाँ समीकरण बनेपछि कोशी प्रदेशमा नयाँ समीकरण अनुसारको अभ्यास गर्ने प्रारम्भिक प्रयास थालिएको छ । कोशीमा अरू प्रदेशभन्दा जटिल अवस्था रहेकाले निकास निकाल्न छलफल चलिरहेको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

नेकपा एमाले अहिले कोशीमा कांग्रेस नेतृत्वको सरकारलाई विस्थापन गर्ने गरी आन्तरिक तयारीमा जुटेको छ। आफ्नै जोडबलमा मुख्यमन्त्री बनेका केदार कार्कीलाई हटाउन एमाले नेताहरू अग्रसर भइरहेका छन्।

एमालेले मुख्यमन्त्री कार्कीको राजीनामा समेत मागिसकेको छ। मुख्यमन्त्री कार्कीले राजीनामा नदिने अभिव्यक्ति दिएपछि एमाले नयाँ बाटोको खोजीमा लागेको हो।

जानकारहरूका अनुसार संविधानको धारा १६८(५) अनुसारको सरकार बनेकाले मुख्यमन्त्री आफैँले राजीनामा नदिएसम्म सरकार परिवर्तन सहज छैन। एमाले विशेष अधिवेशन बोलाउने तयारीमा जुटेको जनाइएको छ।

सभामुख अमरबहादुर विष्टसँग एमाले संसदीय दलका नेता हिक्मत कार्की र प्रमुख सचेतक रेवतीरमण भण्डारी लगायतका नेताहरूले छलफल गरेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार ००:००  ८ : ४७ बजे