१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झापा प्रहरीको सक्रियता : फागुनमा समातिए १०६ जना फरार अपराधी



झापा-जिल्ला प्रहरी कार्यालय झापाले फरार अपराधी नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । अदालतले कैद सजाय तोकेका अपराधीलाई पक्राउ गर्न झापा प्रहरीले हदैसम्मको सक्रियता देखाएको हो ।

फागुन महिनामा मात्रै जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न मुद्दाका १०६ जना फरार अपराधीलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि अदालतमा उपस्थित गराएको छ ।

अदालतको फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले फरार अपराधीहरूलाई धमाधम नियन्त्रणमा लिइरहेको हो । उनीहरूबाट १४ लाख ६५ हजार जरिवाना पनि असुल उपर गरिएको छ ।

पक्राउ परेका अभियुक्तहरूले १३ वर्ष ६ महिना ११ दिन कैद सजाय भुक्तान गर्ने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार ००:००  १० : १३ बजे