१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

बिर्ता बजारबाट मरेका माछा जफत



बिर्तामोड–बजारमा बिक्रीका लागि राखिएका मरेका माछा नगर प्रहरीले नष्ट गरेको छ । बिक्रीस्थलबाट जफत गरेर प्रहरीले माछा नष्ट गरेको हो ।

भारतबाट आयातित मरेका माछामाथि बिर्तामोड नगरपालिकाले एक वर्षदेखि प्रतिवन्ध लगाएको छ । नगरको निर्देशनविपरीत कतिपय व्यवसायीले मरेका माछा बेच्दै आएका छन् ।

बिहीवार बिर्ता बजारबाट नगर प्रहरीले ७० किलो माछा बरामद गरी नष्ट गरेको हो । रहु र ताम्पत जातका मरेका माछा स्थानीय व्यवसायी मदन माझी र दिलिप माझीले बिक्री गर्दै आएका थिए ।

जफत गरिएका माछा खाल्डो खनेर पुरिएको नगर प्रहरीका सह कमाण्डर टंकप्रसाद तिम्सिनाले बताए । नगर प्रहरीले यसअघि पनि ठूलो परिमाणमा प्रतिवन्धित माछा नियन्त्रणमा लिएर नष्ट गरेको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार ००:००  ७ : ५७ बजे