८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

सरकारले बेवास्ता गरेको महिला स्वयम् सेविकाकाे गुनासो



सतासीधाम– सरकारले सेवा सुविधामा विभेद गरेको जनाउँदै महिला स्वयंसेविकाले आफूहरू अन्यायमा परेको बताएका छन् ।

नेपाल महिला स्वयंसेविका सङ्घ शिवसताक्षी नगर कमिटीले आयोजना गरेको भेलामा सहभागी महिला स्वयंसेविकाले यस्तो गुनासो गरेका हुन् ।

मङ्गलबार भएको भेलामा बोल्दै नेपाल महिला स्वयंसेवी संघकी केन्द्रीय अध्यक्ष गीता थिङले सेवा सुविधामा सरकारले महिला स्वयंसेविकालाई अन्याय गरेको बताइन् ।

घर दैलोमा पुगेर जनस्तरको सेवामा जुटे पनि सरकारले न्यून रुपमा भत्ता दिएर काम लगाएको महिला स्वयंसेविकाको गुनासो छ ।

सरकारले महिला स्वयंसेविकालाई पोशाक भत्ताबापत वार्षिक १० हजार र यातायात खर्च १२ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । उमेर हद पार भएपछि बिदा हुँदा उनीहरुले २० हजार रुपैयाँ प्राप्त गर्छन् ।

झापाको शिवसताक्षी नगरपालिकामा ४१ जना महिला स्वयंसेविका कार्यरत छन् । ६० वर्ष उमेर पार गरेपछि उनीहरूलाई बिदाई गरिन्छ ‌। नगरपालिकाले विदाई हुँदा ३० हजार रुपैयाँ उपलब्ध गराउने गरेको नगर प्रमुख मेगाहाङ थोप्राले बताए ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार ००:००  ९ : १७ बजे