५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

हात्तीको आक्रमणमा भद्रपुरका कर्मकारको मृत्यु



बिर्तामोड-जंगली हात्तीको आक्रमणबाट झापामा मंगलवार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको भद्रपुर–७ का ५३ वर्षीय गिरेन कर्मकार रहेका छन् ।

देउनिया खोला उत्तर चिया बगानमा च्याउ टिप्न गएका बेला कर्मकारलाई हात्तीले आक्रमण गरेको हो । उनको घटनास्थलमा मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रहरीका अनुसार कर्मकार बिहान ४ बजे स्थानीय महेन्द्र पोखरेलको चिया बगानमा च्याउ टिप्न गएका थिए । घटनाबारे थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार ००:००  ९ : १५ बजे